डिला संग्रौसहित तीन जना सांसदले गराए संसदमा संकल्प प्रस्ताव दर्ता

डिला संग्रौसहित तीन जना सांसदले गराए संसदमा संकल्प प्रस्ताव दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु हिंसा न्यूनिकरणको माग राख्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसद डा. डिला संग्रौला पन्त, रंगमती शाही र लक्ष्मी परियार रहेका छन् ।

‘लकडाउनका कारण पीडितहरु उजुरी गर्न प्रहरी, स्थानीय निकायमा आउन नसकेको अवस्था भएकोले सरकारले निर्देशिका बनाई स्थानीयस्तरमा स्थानीय संरक्षण अधिकृत नियुक्ति गरी घरेलु हिंसाबाट पीडित भएका व्यक्तिलाई सेवा दिनको लागि सहायता कक्ष (हेल्प डेक्क) को स्थापना गर्ने जरुरी छ’, प्रस्तावमा भनिएको छ ।

सांसदहरुले सरकारले गृह मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको समन्वयमा तत्काल पीडितलाई संरक्षण गर्नको लागि घुम्ति मोबाइल टोली निर्माण गरी अनुमगनको व्यवस्थालाई प्रभावकारी गर्नुपर्ने माग राखेका छन् ।

संकल्प प्रस्तावमा राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्ति नभएको विद्यमान अवस्थाका कारण राष्ट्रिय महिला आयोगले महिलामाथि भएको हिंसाको अनुगमन र सरकारलाई हिंसालाई सम्बोधन गर्न कानून र कार्यविधिहरु सिफारिस गर्ने नसकेको हुनाले राष्ट्रिय महिला आयोगमा तुरन्तै पदाधिकारी नियुक्ति गरी आयोगलाई पूर्णता दिन जरुरी रहेको उल्लेख गरिएको छ ।