काठमाडौं – आज ११४ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् ।
बुधबारसम्म एक सय ८३ जना निको भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाकै कारण चार जनाको मृत्यु भइसकेको छ ।
संक्रमितमध्ये ७९६ जना पुरुष छन् भने ९० जना महिला रहेका छन् ।




प्रतिक्रिया