काठमाडौं – काठमाडौँमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण भएका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं – ४ का भीमबहादुर वली कोरोनालाई जितेर घर फर्किएका छन् ।
काठमाडौंबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट आज घर फर्किएका वलीलाई रक्षाचौरस्थित क्वारेन्टिनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गरे ।
‘कोरोना जित्नुभएकामा तपाईँलाई धेरै धेरै बधाई’, नगर प्रमुख पाण्डेले भने । उनले कोरोनालाई उच्च मनोबल बनाए सजिलै जित्न सकिन्छ भन्ने सन्देश सबैलाई दिन पनि उनलाई आग्रह गरे ।
नगर प्रमुख पाण्डेले वलीलाई पोषण आहारका लागि अण्डा, स्वास्थ्य सामग्रीसमेत प्रदान गरेका छन् । लामो समय बहिनीज्वाइँको उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा बसेका ४६ वर्षीय वलीलाई त्यही बेला कोरोना संक्रमण देखिएको हो ।
स्वाब लिएको दुई दिनमै केही काम छ भन्दै पाटन अस्पताल पुु¥याइएपछि स्वास्थ्यकर्मीले एकाएक कोरोना संक्रमण भएको जानकारी दिँदा निकै डर लागेको उनले आफ्नो अनुभव बताए ।
यही जेठ ३ गते कोरोना संक्रमित भएको खबर पाएका वलीले जेठ १२ गतेसम्म तीन पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ भन्ने खबर पाइएको बताए । ‘हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ’, उनले भने ।




प्रतिक्रिया