बेलायतमा कोरोना संक्रमणबाट थप एक भूपू गोरखा सैनिकको मृत्यु

बेलायतमा कोरोना संक्रमणबाट थप एक भूपू गोरखा सैनिकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए ।

पुख्र्याैली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए । शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन ।

उहाँका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै हुनुहुन्छ । हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ ।