तातोपानी नाका खुल्ने संकेतः चीनले थाल्यो सुक्खा बन्दरगाह निर्माण

तातोपानी नाका खुल्ने संकेतः चीनले थाल्यो सुक्खा बन्दरगाह निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – तीन वर्षअघि आएको विनाशकारी भूकम्पपछि बन्द उत्तरी मुख्य नाका तातोपानी खुल्ने नखुलैन संशयबीच चीन सरकाले सुक्खा बन्दरगाह निर्माण कार्य अघि वढाएको छ।

बन्दरगाह पुनर्निर्माण थालनीबाट उत्साही सरकारी अधिकारी र व्यवसायीले यसलाई नाका खोल्ने चीनको ग्रिन सिग्नका रुपमा अनुमान गरेका  छन्।

तीन वर्षअघिको विनाशकारी भूकम्पपछि बन्दरगाह निर्माणकार्य रोकिएको थियो। चीन सरकारकै सहयोगमा निर्माण थालिएको आधुनिक वन्दरगाहको झण्डै ९० प्रतिशत काम सकिएका बेला भूकम्प आएको थियो।

ठिक यहिबेला चीनले सुरक्षा चुनौती देखाउँदै नाका खोल्न आनाकानी गरेपछि तातोपानी सधैँका लागि बन्द हुने अनुमान गरिँदै आएको थियो। आजको नागरिक दैनिकमा खबर छ ।