काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा भएको छ । पटकपटक विवादमा तानिँदै आएका सचिव कोइराला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तानिएको स्रोतले जानकारी दियो ।
कर्मचारी र र चिकित्सकहरुमाथि रुखो व्यवहार गर्ने सचिव कोइराला तीन महिना अघि सरुवा भएर गएका थिए ।
सरकारले स्वास्थ्य मन्त्रालयको नयाँ सचिवमा लक्ष्मण अर्याललाई पठाएको छ । अर्याल प्रधानमन्त्री कार्यालय अन्र्तगतको आर्थिक तथा पूर्वाधार विकास सचिव थिए ।




प्रतिक्रिया