३९ स्थानमा बीओपी स्थापना गर्ने सरकारको घोषणा

३९ स्थानमा बीओपी स्थापना गर्ने सरकारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सीमा सुरक्षाका लागि थप ३९ बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय गरेको छ ।

बिहीबार बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय सीमा सुरक्षा गर्न सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बीओपी विस्तार गर्ने घोषणा गरेका हुन् ।

त्यसका लागि प्रहरीको क्षमता बढाउने घोषणासमेत सरकारले गरेको छ ।

‘अनुसन्धान विभागको क्षमता विस्तार गरिने छ । सेनालाई बंकरबाट ब्यारेकमा ल्याउन आवास बनाइने छ’, उनले भने ।