नवराज विकको हत्यामा संलग्नलाई कडा कार्वाही हुन्छ,पिडित परिवारलाई न्याय दिन्छौ: वनमन्त्री

नवराज विकको हत्यामा संलग्नलाई कडा कार्वाही हुन्छ,पिडित परिवारलाई न्याय दिन्छौ: वनमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले रुकुमको सोती घटनाका दोषीहरुलाई कडा कार्वाही हुने बताएका छन् । जाजरकोटका नवराज बिक मल्ल थरकी आफ्नी प्रेमिकासंग बिहेका लागि ‘भगाउन’ भन्दै १० जेठ सांझ आफ्नासाथीसहित प्रेमिकाको गाउं पश्चिम रुकुमको सोती पुगेका थिए। त्यहां पुग्दा नपुग्दै उनिहरुमाथी आक्रमण भएको थियो ।  घटनापछि प्रहरीले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

उक्त घटनामा भेरी नदिमा ५ जनाको शव भेटिएको छ भने एक जना अझै वेपत्ता छन् । हत्या हुनेमा सवै जाजरकोट निवासी हुन् । मृत्यु हुनेमा नबराज विक, टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार र सञ्जु विक रहेका छन् । अर्का एक जना गणेश शाहीको खोजि कार्य भने जारी छ ।

मन्त्री वस्नेतले आधुनिक अनि समतामुलक समाज र मानवीय मुल्यहरुलाई समेत चुनौती दिने उक्त घट्नाले सबैलाई स्तब्ध बनाएको बताएका छन् । जाजरकोटका जनप्रतिनीधी समेत रहेका नेता वस्नेतले पिडित परिवारलाई विभिन्न माध्यमहरुमा पढिने सुनिने क्रिया- प्रतिक्रियाहरुका कारण कतै न्याय नपाईने पो हो कि भन्ने आशंकाले थप पिडाबोध भईरहेको भन्दै सरकार सहित सिंगो राज्यपिडित परिवारको साथमा रहेकोले दोषी उपर कडा कार्वाही हुने दावी गरेका छन् ।

यस्तो छ वनमन्त्री वस्नेतको भनाई

आधुनिक अनि समतामुलक समाज र मानवीय मुल्यहरुलाई समेत चुनौती दिने उक्त घट्नाले हामी सबैलाई स्तब्ध बनाएको छ।सन्तान गुमाउनु परेका परिवारको निम्ति यो अझ बढि पिडादायी क्षण हो। घटना संगै सन्तानहरुको मृत्युको पिडामा रोईरहेका परिवारहरुलाई विभिन्न माध्यमहरुमा पढिने सुनिने क्रिया-प्रतिक्रियाहरुका कारण कतै न्याय नपाईने पो हो कि भन्ने आशंकाले थप पिडाबोध भईरहेको हामिले देखिरहेका छौं। हामी विश्वास दिलाउछौं सरकार सहित सिंगो राज्य तपाईहरुको साथमा छ, हामी जनप्रतिनिधिहरु तपाईंहरुको साथमा छौं।विभिन्न राजनैतिक एबं सामाजिक संघ संस्थाहरु समेत तपाईहरुको साथमा छन्।

घट्नाको जानकारी पाए लगत्तै खोजि कार्य र अनुसन्धानलाई प्रभाबकारी ढंगले बढाउन हामी जिल्लाका जनप्रतिनिधीहरु समेत सरकारी संयन्त्र र अन्य स्थानिय जनप्रतिनिधिहरुसंग समन्वय गर्दै आईरहेका छौं। जाहेरी दर्ता भएको छ, जाहेरीमा उल्लेखित ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिईरहेको छ, हराईरहेको बाकि एक जनाको खोजिमा सशस्त्र प्रहरी बलको गोताखोर टिम लगायतले खोजि कार्य गरिरहेको छ, ४ जनाको पोष्टमार्टम भइसकेको छ भने एकजनाको भोली हुदैछ।

सबैबाट खबरदारी पनि भईरहेको छ। तसर्थ घट्नाको तथ्यपुर्ण छानविन हुनेछ। दोषिहरुलाई जरुर कारवाही हुनेछ र तपाईं पिडित परिवारजनहरुले न्याय पाउनु हुनेछ। फेरि एकपटक मृतकहरु सबैलाई श्रद्धाञ्जली ब्यक्त गर्दछु र शोकाकुल परिवारजन सबैलाई हार्दिक समवेदना भन्न चाहान्छु।