सेनाका जर्नेलले जिते कोरोना भाइरससंगको लडाई

सेनाका जर्नेलले जिते कोरोना भाइरससंगको लडाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका उपरथी शुरेस कुमार कार्की डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका कार्कीको दुवै रिपोर्ट नेगटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो । सेनाको मध्य पुर्वी पृतनाका पृतनापति रहेका उपरथी कार्कीलाई कोरोना संक्रमणको पुष्टि भएपछि १२ दिन अघि सशस्त्र प्रहरी बलको बलम्वुस्थित कोभिड १९ अस्पतालमा उपचारर्थ भर्ना गरिएको थियो ।

कार्कीको दुवै रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालवाट डिस्चार्ज गरिएको हो । कार्कीको उपचारमा सशस्त्र प्रहरीका डाक्टर र नर्सहरु खटिएका थिए ।