रौतहटमा एकै दिन थपिए ५६ जना कोरोना संक्रमित

रौतहटमा एकै दिन थपिए ५६ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा एकै दिन ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको राजपुर नगरपालिकामा ३३ जना, ईशनाथ नगरपालिकामा १५ जना, बौधीमाई नगरपालिकामा २ जना र मौलापुर नगरपालिकामा ६ जना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

बिहीबारसम्म जिल्लामा १ सय २५ जना मात्रै संक्रमित थिए ।