काठमाण्डु – गोरखामा बुढीगण्डकी नदीमा आएको बाढीले दुई वटा पक्की पुल बगाएपछि गोरखमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अन्य जिल्लाका केही सडक भने एकतर्फी सञ्चालनमा आएका छन्।
गोरखाको आरुघाट गाउँपालिकाका वडा नम्बर २ र ३ तथा वडा नम्बर ९ स्थित नयाँपुल क्षेत्रमा क्षति पुर्याएको हो। यस्तै आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरोध छ।’
प्रहरीका अनुसार धादिङको धुनिबेसी नगरपालिका–९ खत्रीपौवामा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरोका कारण अवरुद्ध बेनी(जोमसोम सडक खण्ड पनि एकतर्फी सञ्चालनमा आएको छ।
नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका-३ जन्तीमा पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर पनि एकतर्फी सञ्चालनमा आएको छ। उक्त सडकमा भने ठुला गाडी चल्न नसक्ने प्रहरीले जनाएको छ।
मनाङमा बेसीसहर हुँदै खाङसारसम्म जाने सडक पनि एकतर्फी सञ्चालनमा रहेको छ। गण्डकी प्रदेशको एक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ भने अन्य चार जिल्लाका सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्।
गण्डकी प्रदेशकै अन्य तीन जिल्लामा भने सडक एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते खसेको पहिरोका कारण प्रभावित बेनी(जोमसोम सडकखण्ड हाल एकतर्फी सुचारु छ।
त्यस्तै, नवलपरासी (पूर्व)को बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा खसेको पहिरोले कालीगण्डकी करिडोर प्रभावित बनाएको छ। उक्त सडक एकतर्फी रूपमा चलेको छ।
यता मनाङमा बाढीले बेँसीसहर हुँदै खाङ्सारसम्म जाने सडक प्रभावित बनाएको थियो। यो सडकखण्ड पनि अहिले एकतर्फी रूपमा मात्र सुचारु छ।
उता बागमती प्रदेशअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिका–९ खत्रीपौवामा पहिरो जाँदा त्रिभुवन राजपथ प्रभावित भएको छ। उक्त राजमार्ग हाल एकतर्फी रूपमा सञ्चालनमा आएको नेपाल प्रहरीले जनाएको छ।




प्रतिक्रिया