सेनाका दुई तारे जर्नेललाई भ्रष्टाचार गरेको भन्दै कार्वाही,५८ लाख असुल गर्ने निर्णय

सेनाका दुई तारे जर्नेललाई भ्रष्टाचार गरेको भन्दै कार्वाही,५८ लाख असुल गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका अवकासप्राप्त उपरथी सुधिर श्रेष्ठलाई आर्थिक अनियमितता गरेको आरोपमा सेनाले कार्वाही गरेको छ । सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा श्रेष्ठलाई कार्वाही गरिएको हो । तत्कालिन सैनिक हवाई महानिर्देशक पाईलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) महानिर्देशक रहेको अवधिमा नसिहत तथा रकम असुल उपर गर्ने निर्णय सेनाले गरेको हो ।

सेनाले गठन गरेको समरी जनरल सैनिक अदालतबाट सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम १(एक) जना अवकाश प्राप्त पाइलट उपरथीलाई नसिहत तथा रकम असुल उपर, ८ (आठ) जना सैनिक अधिकृतहरुलाई सचेत र १ (एक) जना अधिकृत तथा ९(नौ) जना अन्य दर्जाहरुलाई सफाइ दिने गरी फैसला गरिएको छ ।

सैनिक हवाई महानिर्देशनालयमा विभिन्न किसिमका कमि कमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको चैत्र ४ गतेको राय सहितको प्रतिबेदनको आधारमा उक्त महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट श्रेष्ठ (अवकाश प्राप्त) सहित १९ जना प्रतिबादिहरु उपर सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतबाट आज फैसला भएको हो ।

उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) महानिर्देशक रहेको अवधिमा ओहदा अनुसार कानुनतः पालना गर्नु पर्ने प्रकृया र दायित्व पुरा नगरि सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (झ) बमोजिमको कसुर गरेको प्रमाणित हुन आउनुका साथै अन्ठाउन्न लाख पन्चानव्वे हजार पांचसय नव्वे रुपैयां उनान्साठ्ठी पैसा रकमको कुनै हिसाव किताव नराखी आर्थिक अनियमितता गरेको देखिएबाट सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (छ) वमोजिम कसुरजन्य कार्य गरेको प्रमाणित भएबाट निज प्रतिबादिबाट अन्ठाउन्न लाख पन्चानव्वे हजार पांचसय नव्वे रुपैयां उनान्साठ्ठी पैसा असुल उपर गर्ने तथा सोही ऐनको, दफा १०१ को उपदफा (१) को खण्ड (ञ) बमोजिम नसिहत दिने गरी ठहर फैसला भएको छ ।

सोही मुद्धामा अन्य ८ (आठ) जना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने गरी फैसला हुनुको साथै अधिकृत १ (एक) र अन्यदर्जा ९ (नौ) जनालाई अभियोग मागदावीबाट सफाई पाउने गरी फैसला ठहर भएको छ ।

नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित संगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको जनाएको छ । साथै, सेनाले भ्रष्टाचारलाई उल्टाउने (Reversing Corruption) को कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलता ( को नीति लिएको जानकारी समेत दिएको छ ।

यसअघि आर्थिक अनियमितता गरेको आरोपमा सेनाका महासेनानी भुपाल अधिकारी र प्रमुख सेनानी देव क्षेत्रीलाई जागिरवाट निस्कासन र बढुवा रोक्का गर्ने निर्णय सेनाले गरेको थियो । आर्थिक अनियमितता गरेकै आरोपमा सेनाका सहायकरथी प्रयोग राणा र महासेनानी नविन सिल्वाललाई सैनिक हिरासतमा राखेर छानविन चलिरहेको छ ।

यो पनि पढ्नुहोस् –

भ्रष्टाचार गरेको आरोपमा सेनाका जर्नेल राणा र कर्णेल सिल्वाल सैनिक प्रहरीको नियन्त्रणमा