कोरोना संक्रमणको संकटमा डुब्न थाले बस्ती

कोरोना संक्रमणको संकटमा डुब्न थाले बस्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो। एकाएक कोरोना संक्रमणले एकपछि अर्को संकट थप्दै गाउँपालिकालाई थला पार्ने क्रम जारी छ। एक त तराई नै भए पनि दुर्गम बस्ती छन्। कतिपय स्थानमा बाटोघाटोसम्म छैन। वर्षायामले ढोका घच्घच्याउँदै गर्दा वडा नम्बर ५ का केही भाग र ४ को पाठामारी क्षेत्रका बस्ती डुब्न थालेका छन्।

‘गाउँपालिकाले पाठामारी क्षेत्रमा बनाउन लागेको बाँधका लागि छुट्ट्याएको बजेट पनि क्वारेन्टाइन व्यवस्थापनमा खर्च गरेका छौं’, गाउँपालिका उपाध्यक्ष निम्सरी राजवंशीले भनिन्, ‘अब बर्खा लाग्न सुरु भयो, कोरोनाको आतंक छ। कसरी व्यवस्थापन गर्ने भन्ने अलमलमा छौं।’

कचनकवल राजवंशी, मुस्लिम र आदिवासीको संख्या बढी भएको गाउँपालिका हो। यहाँका बासिन्दा अक्षर चिन्ने अवस्थामा पुगेपछि भारतका मुम्बई, दिल्ली, कोलकातालगायत ठाउँमा रोजगारीका लागि पुग्ने गर्छन्।

‘यति धेरै भारत गएका रहेछन् भन्ने कल्पना पनि थिएन’, गाउँपालिका अध्यक्ष अञ्जार आलमले भने, ‘भारतबाट दैनिक हुलका हुल भित्रिएका छन्। अभैm कति बाटोमा आउँदै छौं भन्छन्। आफ्नै गाउँका नागरिकलाई कसरी नआऊ भन्नु ?’ यो समाचार आजको अन्नपूर्णपोस्ट् दैनिकमा छ।