काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा एमसिसीबारे छलफल भइरहेको एक सचिवालय सदस्यले बताए।
सचिवालय बैठकअघि शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका थिए । त्यसपछि सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो । संसदबाट पारित हुन बाँकी रहेको र विवादित बनेको एमसिसी बजेटमा समावेश गरेको भन्दै नेकपाका केही सचिवालय सदस्य रूष्ट छन्।
बैठकमा एमसिसी कार्यदलले तयार पारेको प्रतिवेदनबारे छलफल हुनेछ। नेकपाले सचिवालय सदस्य झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित एमसिसी अध्ययन कार्यदल बनाएको थियो।




प्रतिक्रिया