नेकपा सचिवालय बैठकमा परराष्ट्र,अर्थमन्त्रीसहित भीम रावल पनि सहभागी

नेकपा सचिवालय बैठकमा परराष्ट्र,अर्थमन्त्रीसहित भीम रावल पनि सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा सचिवालयका ९ सदस्यसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल समेत सहभागी छन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ज्ञवाली, खतिवडा र नेता रावललाई शनिबारको सचिवालय बैठकमा अमन्त्रण गरिएको हो । बैठकमा एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल भइरहेको थापाको भनाइ छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै सचिवालय सदस्य सहभागी छन् ।

बजेटमा एमसीसी उल्लेख नभए पनि सरकारले अन्तरदेशीय प्रशारण निर्माणका लागि ठूलो रकम विनियोजन गरेपछि नेकपाका नेताहरुले आशंका गरेका छन्। ‘संसदबाट अगाडि बढाउनुपर्ने विषय बजेटमा प्रस्तुत हुनु ठिक छैन’, एक सचिवालय सदस्यले भने, ‘हामीले यो विषयमा छलफल आवश्यक देखेका छौँ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषणमा एमसीसीबारे जिकिर नगरे पनि अनुदानबारे अनुसूचीमा यसलाई समावेश गरेको पाइएपछि नेकपाभित्र हलचल मच्चिएको छ । अमेरिका अन्तरगतको अनुदान सूचीमा यसमा ५ अर्ब ७२ करोड रुपैयाँ एमसीसी शीर्षकमा राखिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही अधिवेशनबाट एमसीसी पारित हुने जिकिर गरेका थिए ।