विदेशमा समस्यामा परेका नेपालीलाई फर्काउन एनआरएनएले सहयोग गर्ने

विदेशमा समस्यामा परेका नेपालीलाई फर्काउन एनआरएनएले सहयोग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनी गरेको निर्णयको संघले स्वागत गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तले सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दै अप्ठ्यारामा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन संघ सहजीकरणका लागि तत्पर रहेको बताए ।

यसैबीच संघले शनिबार आफ्ना राष्ट्रिय समन्वय परिषद्सँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखामा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारबारे राष्ट्रिय समन्वय परिषद्सँग छलफल गरिएको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिए ।

छलफल मध्यपूर्वमा रहेका श्रमिकको समस्याबारे केन्द्रित भएको संघले जनाएको छ ।

वैठकमा करीब तीन दर्जनभन्दा बढी देशस्थित समन्वय परिषद्का अध्यक्षहरुले आ–आफ्ना देशमा रहेका नेपालीका समस्याबारे भनाइ राखेका थिए ।