संविधान संशोधन विधेयक संसदमा पेश

संविधान संशोधन विधेयक संसदमा पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ संघीय संसदमा पेश भएको छ ।

आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संसदमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

सरकारले निशान छापमा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्नका लागि संविधान संशोधन हुने भएको हो ।

बैठकमा उनले भनिन्, ‘नेपालको वास्तविक सीमा अनुसारको नक्सा प्रकाशित भएकाले, वास्तविक नक्सा नेपालको संविधानको अनुसूची ३ मा मिलाउनु पर्ने भएकाले संशोधन विधेयक पेश गर्दछु ।’

मन्त्री तुम्बाहाङ्फेले जेठ ९ गते उक्त विधेयक संसद सचिवालयमा दर्ता गरेकी थिइन् ।