रुकुम पश्चिम घट्नाका दोषीलाई कडा कारबाही गर्नुपर्छः शान्ता चौधरी

रुकुम पश्चिम घट्नाका दोषीलाई कडा कारबाही गर्नुपर्छः शान्ता चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् शान्ता चौधरीले रुकुम पश्चिम घट्नाका दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन् ।

आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद् चौधरीले रुकुमको घट्ना कहाली लाग्दो र दर्दनाक भएकाले दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेकी छन् ।

‘प्रेम गर्नु र त्यसलाई विवाहमा परिणत गर्नु अपराध होइन । प्रेममा जातको प्रश्न उठ्दैन,’ उनले भनिन्, ‘जातीय रुपमा कसैलाई सानो ठान्नु सामन्तवादको पाखण्डी मान्यता स्वीकार्न सकिदैँन् ।’

सांसद चौधरीले कलीला किशोर र किशोरीहरुलाई विवाह गर्ने उमेर र प्रेमको सवालमा सचेत गराउनुपर्ने बताइन् ।