सरिता गिरीमाथि गंगा चौधरीको हमलाः संसदमा भारतीय चेलीको दादागिरी चल्यो

सरिता गिरीमाथि गंगा चौधरीको हमलाः संसदमा भारतीय चेलीको दादागिरी चल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सांसद गंगा चौधरी सद्गौवाले संसदभित्र पनि भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले सरिता गिरीलाई संकेत गर्दै भारतले सीमा नमिचेको ठाउँ नरहेको अवस्थामा संसदमा नै भारतीय चेलिको दादागिरी चलेको आरोप लगाएकी हुन् ।

‘अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन,’ उनले भनिन्, ‘नेपालमाथि भारतको दादागिरी, न मिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे ।’

सांसद सरिता गिरीले भारतसँग छलफल नै नगरी एकलौटी रुपमा नक्सा सार्वजनिक गरेको भनदै आपत्ति जनाएकी थिइन् ।

सांसद चौधरीले आफ्नो जमिन आफ्नो भन्‍न भूमि मिचाहा किन सोध्नुपर्यो भन्दै प्रश्‍न गरिन् । ‘भूमि मिचाहासँग छलफल गर्नुपर्यो रे । आफ्नो जमिन मेरो हो भन्‍न पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?,’ उनले भनिन्, ‘जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन रअ का एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन् । अति त्यो सपनाको योजनाविरुद्धमा सम्पूर्ण शक्ति लगाएर बुरुक्क बुरुक्क उफ्रन थाल्छन् ।’

सांसद चौधरीले राष्ट्रियतको सवालमा अब बोलाइ र गराइ समानता कायम गर्न धेरै बोल्नेहरुलाई पनि हम्मेहम्मे पर्न थालेको बताएकी छन् ।

‘मन अशुद्ध हुनेहरुको मन्तव्य, लेख र अन्र्तवार्ता पनि आम जनताले पनि स्पष्ट रुपमा पहिचान गर्न थालिसकेका छन् । विगतमा नक्कली राष्ट्रवादको खोल ओढ्नेहरुको मुकुण्डो पनि तिनलाई उचाल्नेहरुबाट नै पर्दाफास हुनेछ’, उनले भनिन् ।