नैतिकताको ख्याल गरौं, सांसदहरुको पनि भत्ता कटौती गर्नुपर्छः नारायणकाजी श्रेष्ठ

नैतिकताको ख्याल गरौं, सांसदहरुको पनि भत्ता कटौती गर्नुपर्छः नारायणकाजी श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सांसदहरुको पनि भत्ता कटौती गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सांसदहरुको पनि भत्ता कटौती गर्नुपर्ने माग गरेका छन् । सरकारले कर्मचारीले पाउँदै आएको भत्ता कटौती गर्ने निर्णय गरेको थियो ।

‘सरकारी कर्मचारीहरुले पाउने खाजा, बैठकलगायतका अन्य थुप्रै भत्ताहरु कटौती गरिएको छ’, उनले भने, ‘प्रतिनिधिसभाका सबै माननीयज्यूहरुलाई आग्रह गर्न चाहान्छु – कर्मचारीहरुले भत्ता नलिनु तर, हामीले भत्ता लिनु सोचनिय विषय भएकाले भत्ता नलिने निर्णय गरौं ।’