डोल्पामा नदीले बगाएर तीन जना बालबालिकाको मृत्यु

डोल्पामा नदीले बगाएर तीन जना बालबालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – डोल्पाको ठुलीभेरी नगरपालिका वार्ड नम्बर ९ मोतिपुरका तीन जना बालबालिकाको नदीले बगाएर मृत्यु भएको छ ।

मंगलबार दिउँसो १२ बजेतिर बालबालिका नदिमा बगेका थिए । मृत्यु हुनेमा १२ वर्षीया यशोधा भण्डारी ,११ वर्षीया गंगा कठायत र १० वर्षीय विजय कठायत रहेका छन् ।

गाइ चराउन गएका उनीहरुलाई नदीले बगाएको थियो । मृतक तिनै जना बालबालिकाको पोष्टमार्टका लागि जिल्ला अस्पताल डोल्पामा राखिएको छ ।