डोल्पामा नदीले बगाएर तीन जना बालबालिकाको मृत्यु


काठमाडौं – डोल्पाको ठुलीभेरी नगरपालिका वार्ड नम्बर ९ मोतिपुरका तीन जना बालबालिकाको नदीले बगाएर मृत्यु भएको छ ।

मंगलबार दिउँसो १२ बजेतिर बालबालिका नदिमा बगेका थिए । मृत्यु हुनेमा १२ वर्षीया यशोधा भण्डारी ,११ वर्षीया गंगा कठायत र १० वर्षीय विजय कठायत रहेका छन् ।

गाइ चराउन गएका उनीहरुलाई नदीले बगाएको थियो । मृतक तिनै जना बालबालिकाको पोष्टमार्टका लागि जिल्ला अस्पताल डोल्पामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement