अनलाइन कक्षा सञ्चालनमा कठिनाइ, शिक्षकमा पनि कम्प्युटरको ज्ञान नै छैन

अनलाइन कक्षा सञ्चालनमा कठिनाइ, शिक्षकमा पनि कम्प्युटरको ज्ञान नै छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले असार १ गतेदेखि अनलाइनबाट कक्षा सञ्चालन गर्ने उल्लेख गरी रहँदा ८ प्रतिशत व्यक्तिको घरमा मात्रै व्यक्तिगत कम्प्युटर र इन्टरनेटको सुविधा रहेको देखाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय समितिअन्तर्गत गठन गरेको शिक्षण विधि र वैकल्पिक व्यवस्था कार्यसमितिले बुझाएको प्रतिवेदनमा सो विषय उल्लेख गरेको छ । नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको अध्यक्षतामा गठित १६ सदस्यीय समिति गठन भएको थियो । सो समितिले बुझाएको प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको छ ।

समितिको तथ्यांकअनुसार करिव ३० प्रतिशत घरमा रेडियो, करिव ८० प्रतिशत घरमा मोबाइलको सुविधा भएको र यसका पनि विद्यालय जाने विद्यार्थीको घरमध्ये करिब ८८ प्रतिशतमा मोबाइल फोन भएको, करिव ५० प्रतिशत घरमा टेलिभिजन भएको र विद्यालय जाने केटाकेटीको ३७ प्रतिशत घरमा मात्र टेलिभिजन भएको देखाएको छ । करिब ३० प्रतिशत घरमा रेडियो, करिब ८० प्रतिशत घरमा मोबाइलको सुविधा, ८८ प्रतिशतमा मोबाइल फोन भएको, करिब ५० प्रतिशत घरमा टेलिभिजन भएको र विद्यालय जाने केटाकेटीको ३७ प्रतिशत घरमा मात्र टेलिभिजन भएको देखाएको छ ।

सोही प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन कार्यविधि तयार गरेको हो । केही ठूला विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै रकम असुलउपर गर्न थालेपछि मन्त्रालयले समिति बनाएर अनलाइन कक्षाको अवस्था र पढाउन सकिने उपायबारे अध्ययन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनको आधारमा सरकारले आइतबार कार्यविधि जारी गरेको थियो । सो कार्यविधिअनुसार असार १ गतेबाट अनलाइनबाट पढाइ शुरू गर्ने भएको छ ।यो खबर आजको समाचारपत्र दैनिकमा छ ।