चौतर्फी विरोधपछि सरकार पछि हट्यो, असार ७ गतेसम्म कर तिर्ने अवधि थप

चौतर्फी विरोधपछि सरकार पछि हट्यो, असार ७ गतेसम्म कर तिर्ने अवधि थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कर तिर्ने समयावधी बढाएको छ । चौतर्फी विरोध भएछि आन्तरिक राजस्व विभागले जेठ २५ बाट बढाएर असार ७ गतेसम्म पुयाएको हो ।

अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ फागुन र चैत महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरणबमोजिमको अन्तःशुल्क दाखिला पनि असार ७ गतेसम्म गरिसक्नुपर्नेछ ।

यसैगरी आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन र चैत महिनाको बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला पनि असार ७ गतेसम्म गरिसक्नुपर्ने उल्लेख छ ।

दुई महिना लकडाउन गरेर लकडाउनकै अवधि जेठ २५ गतेसम्म कर तिर्न गरिएको उर्दीविरुद्ध व्यापारी, राजनीतिक दलहरुले विरोध जनाएका थिए ।