काठमाडौं – गोरखा जेलब्रेककी कमाण्डर उमा भुजेल पक्रउा परेकी छन् । २० वर्षअघि २०५७ चैत १७ गते जेलब्रेक गरेर फरार भएकी भुजेललाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको हो ।
भुजेललाई सार्वजनिक शान्तिविरुद्धको कसुर शीर्षकमा जिल्ला अदालत गोरखामा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको एसपी ओम अधिकारीले जानकारी दिए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य तथा मेची कोशी व्युरो इञ्चार्ज भुजेललाई गत पुसको १२ गते सुनसरीको बरोलाबाट प्रहरीले पक्राउ गरेको थियो ।




प्रतिक्रिया