खोटाङ – खोटाङमा तीन जनामा कोरोना भाइरस संक्रमित फेला परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनी डाडाँका २१ वर्षीय दुई जना पुरुष र वडा नं ५ दुर्छिमका ४५ वर्षीय एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।
विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए । संक्रमित तीन जना जेठ दोश्रो साता भारतबाट आएका थिए ।




प्रतिक्रिया