काठमाडौं – स्वास्थ्य सेवा विभागका महानिर्देशकको सरुवा भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको सरुवा गरेका छन् ।
विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको छ । यस्तै विभागका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेललाई समेत मन्त्रालय तानेका छन् । उनको ठाँउमा एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा रमेश खरेललाई पठाइएको छ ।
यस्तै प्रसूतिगृह अस्पतालका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालय तानिएको छ । उनको जिम्मेवारीमा कोशी अस्पतालका निर्देशक डा संगिता कौशललाई ल्याइएको छ ।
कोशी अस्पतालमा सगरमाथा अस्पतालका निर्देशक रहेका डा चुमनलाल दासलाई पठाउने निर्णय भएको छ । अघि स्वास्थ्य सचिव यादव कोइरालाई सरुवा गरेर प्रधानमन्त्री कार्यालय पठाइएको थियो ।




प्रतिक्रिया