एकैदिन थपिए ३३४ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

एकैदिन थपिए ३३४ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप ३३४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् । योसँगै २९० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

 दैलेख ११३, रौतहट ६४, बाँके ४२, कपिलवस्तु २९,सप्तरी १३, बारा १२, बाग्लुङ १०, धनुषा ६, दाङ १५, झापा ५, पर्वत ४, डोटी ३, खोटाङ ३, महोत्तरी ३, सर्लाही ३, मोरङका १, पर्साका १, ताप्लेजुङका १, सुनसरीका १, सिन्धुलीका १, रौतहटका १, म्याग्दीका १, स्याङ्जाका १, मुगुका १ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताए ।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुष पाँचदिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।