सरिता गिरीको सपोर्ट लिँदै मातृकाले भनेः गंगा चौधरीको मण्डले राष्ट्रवाद !

सरिता गिरीको सपोर्ट लिँदै मातृकाले भनेः गंगा चौधरीको मण्डले राष्ट्रवाद !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद मातृका यादवले गंगा चौधरीले सांसद सरिता गिरीलाई भारतीय चेली भनेकोमा आपत्ति जनाएका छन् ।

गत जेठ १९ गते सांसद चौधरीले गिरीलाई भारतीय चेली भन्दै आक्रोश व्यक्त गरेपछि सांसद गिरीले आजको संसद बैठकमा त्यसको प्रतिवाद गरेकी थिइन् ।

सांसद ययादवले विचारको विमति हुँदैमा जनप्रतिनिधिलाई संसदमै ‘भारतीय चेली’को संज्ञा दिएर नस्लीय अभिव्यक्ति दिनु मण्डले राष्ट्रवादको पोषण गरेको आरोप लगाए ।

‘ विचारको विमति हुँदैमा जनप्रतिनिधिलाई संसदमै ‘भारतीय चेली’को संज्ञा दिएर नस्लीय अभिव्यक्ति दिनु मण्डले राष्ट्रवादको पोषण गर्नु हो’, उनले भने ।

पूर्वमन्त्रीसमेत रहेका सांसद यादवले सरिता गिरी वैवाहिक भए पनि नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिलाई अरू नागरिक सरह बोल्ने र विचार अभिव्यक्त गर्न सम्पूर्ण अधिकार रहेको बताए ।

‘नेपालको संविधानको मर्म नै त्यही हो । संकुचित राष्ट्रवादको समस्या विश्वभरि फैलिएको छ तर नेपाल जस्तो सानो मुलुकमा यस संकुचित राष्ट्रवादको नकारात्मक असर अझ गहिरो हुनेछ’, उनले भने ।

सांसद यादवले गिरीलाई सपोर्ट गर्दै यस्ता अभिव्यक्तिले समाजलाई फुट उन्मुख गर्ने गरेको टिप्पणी गरेका छन् ।

‘ नेपालको विभिदतालाई नारामा मात्र सिमित गर्ने प्रयत्नलाई जडै देखि उखाल्न आवश्यकता छ । यस्ता अभिव्यक्तिले समाजलाई फुट उन्मुख गर्ने गरेको छ । एक अर्काको भेष–भाषा र कला९संस्कृतिको सम्मान नगरी राष्ट्रीय एकता बलियो पार्न सकिन्न’, उनले भने ।