काठमाडौँ – लामो समयको बन्दाबन्दीका कारण काम गरेर खानुपर्ने वर्ग भोकै रहने अवस्था सिर्जना हुनसक्ने भन्दै राष्ट्रिय सभाका सदस्यहरूले यसको स्वरूप बदल्न सरकारलाई सुझाव दिएका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सरकारलाई यस्तो सुझाव दिएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपीबहादुर सार्की अछामीले बन्दाबन्दीको स्वरूपलाई परिवर्तन गर्न सुझाव दिनुभयो ।
उहाँले सीमा र खास/खास क्षेत्रमा कडाइ गरेर अन्य क्षेत्रलाई सहज बनाउन समेत आग्रह गर्नुभयो । व्यावसायिक क्षेत्र असाध्यै अप्ठ्यारोमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले साना, ठूला र मझौला उद्योगहरू क्रमशः सञ्चालनको वातावरण बनाओस् ।” उहाँले साना र मझौला उद्योगहरूले बैङ्कको ब्याज तिर्नुपर्ने र मजदुरहरू तलब नपाएर अवस्था दयनीय बनेको समेत उल्लेख गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका सांसद जितेन्द्रनारायण देवले कोरोना सङ्क्रमण अझै उच्च बिन्दुमा पुग्ने थप व्यक्तिहरूको मृत्यु हुनसक्ने प्रक्षेपण गरिएको उल्लेख गर्नुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया