काठमाण्डु – नवरात्रका अवसरमा यस वर्षदेखि पशुपति क्षेत्रका ९ महाशक्ति पीठ र १० महाविद्या स्थलमा विशेष पूजा सुरु भएको छ ।
विश्व शान्ति र राष्ट्र कल्याणको कामनासहित पशुपतिनाथ र पशुपति क्षेत्रका सबै महाशक्ति पीठ तथा देवदेवीमा नवरात्रभर विशेष पूजा गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य केदारमान भण्डारीले बताए ।
पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, वत्सलेश्वरी, जयवागीश्वरी, राजराजेश्वरी, बज्रेश्वरी, कोटेश्वरी, झम्केश्वरी, भुवनेश्वरी र मनमानेश्वरी शक्ति पीठ छन् । यी पीठमा यसै वर्षदेखि विशेष पूजा सुरु गरिएको हो ।



प्रतिक्रिया