भरतपुर महानगरद्धारा तीन स्थानमा स्मार्ट शौचालय निर्माण सुरु

भरतपुर महानगरद्धारा तीन स्थानमा स्मार्ट शौचालय निर्माण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर – भरतपुर महानगरले नगर क्षेत्रका तीन स्थानमा स्मार्ट शौचालय निर्माण सुरु गरेको छ। भरतपुर महानगरपालिकाको आवतजावत बढी हुने चौबीसकोठी, गोन्द्राङ र रामनगरमा स्मार्ट शौचालय निर्माणको काम थालिएको हो।

ती स्थानमा स्मार्ट शौचालय बनाउन लागिएको हो। भरतपुर महानगरपालिका–१२ स्थित रामवेल सामुदायिक वनमा रहेको राइनो चिल्ड्रेन पार्क परिसरमा शुक्रबार स्मार्ट शौचालयको शिलान्यास गरिएको छ। बागमती प्रदेशसभा सदस्य विजय सुवेदी र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्तरूपमा स्मार्ट शौचालयको शिलान्यास गरेको हो।

भरतपुर महानगर र प्रदेश सरकारको रु एक करोड २० लाख लागतमा शौचालय निर्माण हुनेछ। निर्माणको जिम्मा ज्योति निर्माण सेवाले पाएको छ। स्मार्ट शौचालय सुबिधा सम्पन्न हुने छ। पाँचौँ नगरसभाबाट निर्णय गरेर प्रदेश सरकारसँगको साझेदारीमा शौचालय निर्माण गर्न लागिएको महानगर प्रमुख दाहालले बताए। उनले राइनो पार्कको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको र रु दुई करोड ५० लाख लागतमा पार्क निर्माणको लागत तयार भएको जानकारी दिए।

शौचालयमा महिला र पुरुषको छुट्टाछुट्टै कोठासँगै अपांगमैत्रीसमेत हुने महानगरकी आर्किटेक इन्जिनियर अस्मिता खनालले जानकारी दिए। उनले शौचालयको बाहिरी क्षेत्रमा स्मार्ट कार्डकक्ष रहने र त्यहाँ सिक्का खसालेर शौचालय प्रवेश गर्न सकिने बताए। लम्बाइ ३३ फिट र चौडाइ २२ फिटमा बन्ने शौचालय आकर्षक हुने उनको भनाइ छ। रासस