सरकार एक्लैले अहिलेको संकट पार लगाउँदैन मिलेर काम गरौं : मीनेन्द्र रिजाल

सरकार एक्लैले अहिलेको संकट पार लगाउँदैन मिलेर काम गरौं : मीनेन्द्र रिजाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले सरकारको गतिविधि हास्यास्पद भएको भन्दै जनताको घाउमा नुन नछर्कन आग्रह गरेका छन् ।प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद रिजालले उक्त कुरा बताएका हुन् ।

सांसद रिजालले सरकार एक्लैले अहिलेको संकट पार नलगाउने भन्दै मिलेर काम गर्ने प्रस्ताव समेत गरेका छन्। ’अहिले जनता कोरोनाबाट कसरी उम्कने भन्नेमा चिन्तित छ । मुलुक बाहिर बसेका नेपालीहरू कसरी देशमा पुग्ने भन्ने चिन्तामा हुनुहुन्छ ।

सरकारमा बसेकाहरू कसरी कार्पेटको व्यवस्था गर्ने हो भनी मस्त छन् ,सांसद रिजालले भने,।’उनले देश कोरोनाको महामारीमा परेको बेला  सरकाको इमान्दारीता र क्षमतामाथि प्रश्न समेत उठाएका छन्।

‘सरकारमा बसेका र सत्ता निकटका मानिसहरु सत्ताको बाँसुरी कुन धुनमा राम्रोसँग बज्छ भनेर प्रयत्न गरिरहेका छन्।’सरकारसँग राजश्व उठाउन सक्ने क्षमता र योजना नभएको उनले बताए। ‘राजश्व उठाउन सक्ने क्षमता र योजना सरकारसँग छैन। पूँजीगत खर्च गर्न सक्ने क्षमता र इमान्दारिताको लक्षण देखिएन,’ उनले भने।