सांसदको हैसियत वडाअध्यक्षको जस्तै भयो : गगन थापा

सांसदको हैसियत वडाअध्यक्षको जस्तै भयो : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको बताएका छन् । शनिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका नाममा सांसदले वडाध्यक्षको जस्तो पैसा लिने थालेको बताए।

उनले भने‘सांसद विकासको कोषको नाममा पैसा लिन थालेपछि अहिले सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको छ । यसलाई बदल्ने कुरामा गुनासो र गनगन गरेर मात्र हुँदैन । यसमा तर्कपूर्ण रुपमा छलफल गर्न आवश्यक छ ।’ उनले रोगी, सुत्केरी, खान नपाएकाहरु भूईँ मान्छेका लागि बजेट माग गरेपनि अर्थमन्त्रीले त्यसलाई नदेखेको बताए ।

उनले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्नु राम्रो कुरा भएपनि सर्वसुलभ स्वास्थ्यका साथै स्वास्थ्य बीमाका बारेमा किन केही कुरा आएन भन्दै प्रश्न गरे । सत्तापक्ष सांसदले अहिलको सरकारले २४ वटा प्रयोगशाला बनाएको भनेपनि सरकारले किनेको पाँच वटाले नै काम नगरेको अवस्था रहेको उल्लेख गरे ।

सांसद थापाले संविधानमा स्वास्थ्यलाई राज्यको दायित्वभित्र राखेपनि स्वास्थ्य क्षेत्रको बजेट बनाउँदा गलत ठाउँमा सरकार उभिएको बताए। बजेट निर्माणमा भूमिका खेल्नुपर्ने सांसदले मन्त्रीको ढोकामा योजना माग्न गएपछि हैसियत खस्किएको थापाको भनाइ थियो ।

’पहिलाको भन्दा स्थिति झन बिग्रीयो, जहिलेबाट हामीले स्थानीय पूर्वाधार विकास साझेदारी कोष नाम दियौं । यसबाट वडअध्यक्ष जस्तो पैसा लिन थाल्यौ । पहिलेको भन्दा स्थिति झन बिग्रियो । हाम्रो हैसियत अहिले वडाअध्यक्षको जस्तो भएको छ ।’ सांसदहरूले आफ्नो हैसियत कायम गर्नका लागि त्यो रकम लिन्नौं भन्न सक्नुपर्ने थापाको आग्रह छ ।