काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खान नपाएरु कोही पनि नेपाली नागरिक मर्नु नपर्ने बताएका छन् ।
आइतबार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले संविधानले नेपालीका लागि खाद्य सम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेकाले खान नपाएरु कोही पनि मर्नु नपर्ने बताएका छन् ।
‘नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै सरकारले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति तय गरी कार्यान्वयनमा ल्याएको छ । खान नपाएकै कारण ज्यान जाने अवस्थाको हामीले अन्त्य गरेका छौं’, उनले भनेका छन्, ‘खानेकुरा नभएर बालबालिकाले सडकमा माग्दै हिंड्नु पर्ने अवस्थाको अन्त्य गरी तिनीहरुको ब्यवस्थापन गरेका छौं । यदाकदा कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर पु¥याइदिन पनि यस अवसरमा सबैमा आह्वान गर्दछु ।’
त्यस्तै प्रधानमन्त्री ओलीले खाद्यवस्तुको स्वच्छतामा ध्यान दिनुपर्ने बताएका छन् । ‘खाद्यवस्तु उपलब्ध भएर मात्र पुग्दैन, उपलब्ध खाद्यवस्तु गुणस्तरीय, स्वच्छ एवं सन्तुलित र पोषिलो पनि हुनु पर्दछ । जबसम्म खाद्यवस्तुको स्वच्छताको सुनिश्चितता हुँदैन तबसम्म खाद्य सम्बन्धी हक सार्थक हुन सक्दैन । खाद्यवस्तुको स्वच्छता कायम राख्न सरकारको मात्रै प्रतिवद्धता पर्याप्त हुँदैन ।’, उनले भनेका छन्।
प्रधानमन्त्रीले कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वच्छ खाना खान सुझाव दिएका छन् ।
‘कोभिड–१९ को विश्वब्यापी महामारीका जोखिम कम गर्न सन्तुलित र स्वच्छ खाद्यवस्तु र औषधिजन्य बनस्पतिको प्रयोगमा जोड दिन मैले आग्रह गर्ने गरेको छु । कोरोना भाईरसको जोखिमबाट सुरक्षित हुनको लागि सबै दिदीबहिनी तथा दाजूभाइहरुलाई सन्तुलित, पोषिलो तथा स्वच्छ खानाको उपभोग गर्न र व्यक्तिगत सरसफाई कायम राख्न अपिल गर्दछु’, उनले भने ।




प्रतिक्रिया