काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालयको बैठक बोलाएको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा अोली एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलछले सोमबार दिउँसो ४ बजे बैठक बोलाउने निर्णय भएको हो ।
सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले तत्काल एमसीसी दनबाट पास गर्ने पक्षमा छन् भने अध्यक्ष प्रचण्डसहितका केही नेताहरुले विगमती राख्दै आएका छन् ।




प्रतिक्रिया