काठमाडौं – जनता समाजवादी पार्टीको नेतृत्व टुंगो लागेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर बनेको जसपामा तीन जना अध्यक्ष रहनेगरी सहमति भएको हो ।
एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने सहमति जुटेको छ ।
जसअनुसार पहिलो, दोस्रो र तेस्रोमा क्रमशः महन्त ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव छन् भने चौथो र पाँचौंमा अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता कायम रहने गरी सहमति जुटेको हो । दल दर्ताका लागि जसपा नेताहरू निर्वाचन आयोग जाँदैछन् ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ ।




प्रतिक्रिया