बाबुराम भट्टराईको राजनीतिक उचाई आयोगमा पेश भएको कागजले गर्दैनः कमल थापा

बाबुराम भट्टराईको राजनीतिक उचाई आयोगमा पेश भएको कागजले गर्दैनः कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टी (जसपा)को वरियतामा तल परेको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आलोचना भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रशंसा गरेका छन् ।

आइतबार साँझ जसपा दर्ताको क्रममा चौथो वरियतामा पुगेको विषयमा जसपाका वरिष्ठ नेता डा. भट्टराईको टिकाटिप्पणी भइरहेको छ ।

अध्यक्ष थापाले डा. भट्टराईको राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले नगर्ने बताएका छन् ।

‘बाबुरामजीसंग धेरै विषयमा मेरो मतभेद छ।तर,उहॉको वरियता र राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन ।लामो राजनीतिक यात्रा\संघर्षले समाजमा उहॉको स्थान कायम भैसकेको छ’, उनले भनेका छन् ।

उनले भट्टराईको राजनीतिक उचाई बढेको बताएका छन् ।
उनले भनेका छन्, ‘वरियताका विषयमा डा. भट्टराईलाई केहीले खिसी गरेको पढें । एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ ।’