श्रममन्त्रीसँग डिलाको सवाल–जवाफः ८ लाखले धान्दैन, ४० लाखलाई रोजगारी देऊ !

श्रममन्त्रीसँग डिलाको सवाल–जवाफः ८ लाखले धान्दैन, ४० लाखलाई रोजगारी देऊ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले अघिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक अनियमितता भएको बताएकी छन् ।

कोरोना भाइरसका कारण ठूलो संख्यामा विदेशबाट नेपाली फर्किरहेको अवस्थामा सरकारले सिमित संख्यामा मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिने कुरा जायज नभएको बताइन् ।

सोमबार विनियोजन विधेयकअन्तर्गत श्रम तथा रोजगार मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिएपछि श्रम मन्त्री रामेश्वर रायलाई पुरक प्रश्न गर्दै छाँया श्रममन्त्री डा. संग्रौलाले देशभित्रका बेरोजगार र विदेशमा काम गुमाएका ४० लाखलाई रोजगारी दिनुपर्ने आवस्यकता औल्याएकी हुन ।

सरकारको अहिलेको ८ लाखलाई दिने भनिएको प्रधानमन्त्री रोजगार कार्यक्रम समयसापेक्ष नभएको सांसद संग्रौलाको भनाई छ ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८ लाखलाई रोजगारी दिने कुरा मन्त्रीज्यूले गर्नुभयो । लकडाउनका कारण देशभित्रका उद्योग कल कारखाना बन्द छन् । नेपालमा बेरोजगारको लामो लाइन छ । स्वदेशका बेरोजगार र विदेशबाट फर्केका ४० लाख रोजगारलाई रोजगारी दिनुपर्नेछ । बाँदर धपाउने र खेतबारीको घास उखेल्ने काममा प्रयोग गरेर अनियमितता गर्दा यो कार्यक्रमले समग्रलाई रोजगारी दिन सक्छ ?’ सांसद संग्रौलाले प्रश्न गरिन् ।

जवाफमा मन्त्री रायले विगतमा बाँदर धपाउने र घास काट्ने काममा दुरुपयोग भएको आरोप लागेपनि त्यो पूर्ण सत्य नभएको बाए । ‘विगतमा शुरुवाती दिनमा प्रधामनन्त्री रोजगार कार्यक्रमबाट बाँदर धपाउने घास काट्ने काम गरेको नसुनिएको होइन । त्यतिखेर पनि कतिपयले शौखले कोही बाँदर धपाउन गएको होला । अब पहिलेको जस्तो अनियमितता हुँदैन । हामी तयारीका साथ लागि परेका छौं,’ मन्त्री रायले भने ।