आन्दोलनले अमेरिकामा कोरोना संक्रमण झनै भयावह हुनसक्ने डब्लुएचओको चेतावनी

आन्दोलनले अमेरिकामा कोरोना संक्रमण झनै भयावह हुनसक्ने डब्लुएचओको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेनेभा – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भारुयसको संक्रमण दिनप्रतिदिन खराब अवस्थामा पुगेको बताएको छ ।

दक्षिण एसिया र अमेरिकालगायतका देशमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेकाले सचेत हुन आग्रह गरेको छ ।

डब्लुएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले जेनेभामा आयोजित पत्रकार सम्मेलन गर्दै अमेरिकामा जर्ज फ्लोइडको मृत्युपछि सुरु भएको आन्दोलनमा दुरी कायम राख्नसमेत सुझाव दिएका छन् । उनले यो आन्दोलनले कोरोना भाइरसको संक्रमण झनै भयावह रुपमा फैलिने चेतावनी दिएका छन् ।

‘युरोपको अवस्थामा क्रमिक सुधार हुँदै गएको भए पनि विश्वव्यापी हिसाबमा भने अवस्था बिग्रँदो छ,’ डब्लुएचओका प्रमुख गेब्रियसले भने, ‘पछिल्ला १० दिनमध्ये ९ दिनमा मात्रै १ लाख नयाँ संक्रमित थपिएका छन् । हिजोमात्रै १ लाख ३६ हजार नयाँ केस रिपोर्ट भएको छ, यो एकै दिन रेकर्ड भएको सबैभन्दा धेरै संख्या हो ।’

उनले कम्तिमा एक मिटर दुरी कायम राखेर विरोध कार्यक्रममा सहभागिता जनान आग्रह गरेका छन् ।

‘यो समय कुनै पनि मुलुकले लत्तो छाड्ने समय होइन, गेब्रियसले भनेका छन्, ‘विश्वभर नै हामी यस्ता आन्दोलन सुरक्षित भएर गर्न प्रेरित गर्छौं । कम्तिमा एक मिटर दुरी कायम राखेर विरोध कार्यक्रममा सहभागिता जनाऔं । हात धोऔं । आन्दोलनमा सहभागी हुँदा पनि मास्क लगाऔं ।’