संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुँदै

संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको नयाँ नक्साअनुसार निशान छाप बनाउने संविधान संशोधन विधेयकमाथि मंगलबार प्रतिनिधिसभामा छलफल हुँदैछ।

संसद सचिवालयले संविधान संशोधन अगाडि बढाउने गरी कार्यसूची तयार पारेको छ । सभामुख अग्नि सापकोटाले बजेटको मन्त्रालयगत बाँडफाँटमाथि मन्त्रीहरूले जवाफ दिएपछि विधेयक पेश गर्ने तयारी गरेका छन् ।

आज विधेयकमा सैद्धान्तिक छलफल हुनेछ । छलफलमा उठेका प्रश्नको कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले जवाफ दिनेछिन् । छलफलपछि विधेयक संशोधनका लागि अगाडि बढ्नेछ ।

सामान्य छलफलपछि सांसदहरुलाई विधेयकमाथि संशोधन प्रस्ताव दर्ता ७२ घण्टाको समय दिएर खुला गरिन्छ । त्यसपछि सबै संशोधनलाई एकीकृत गरेर सभामुखबाट प्रमाणित गराएर सदनमा छलफलका लागि पेश गर्नुपर्ने हुन्छ ।

प्रतिनिधि सभाबाट पारित भएपछि राष्ट्रियसभामा जान्छ । राष्ट्रिय सभाले पनि दुई तिहाई मतले पारित गर्नुपर्छ ।

दुबै सदनबाट पारित भएपछि पारित भएपछि प्रतिनिधि सभाका सभामुखले प्रमाणित गर्नेछन् । यसरी गएको संविधान संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ । राष्ट्रपतिबाट प्रमाणित भएपछि संविधान संशोधन हुन्छ ।