काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । नियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले बुधवार प्रतिनिधि सभा बैठकमा जवाफ दिने भएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोग अन्तरगत विनियोजित शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले जवाफ दिएपछि बुधवार विनियोजन विधेयक पारित गर्ने तयारी छ । संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलका कारण प्रधामन्त्रीले जवाफ दिने मंगलवारको कार्यसूची आजका लागि सारिएको थियो ।




प्रतिक्रिया