काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा सबै सांसदहरु एकजुट भएको खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री अोलीले संसदमा बुधबार सम्बोधन गर्दै पूर्खाले लडेको यो देश हामीले अडेमात्र पुग्ने बताएका छन् ।
‘हिजो संविधान संशोधन प्रस्ताव पारित हुने कुराले पुष्टि गरेको छ,’ उनले भने, ‘हाम्रो पुर्खाले यो देश लडेर बचाएका हुन्, हामी अडेमात्र यसलाई जोगाउन सकिन्छ र हाम्रो संसद यसपटक एकजुट भएको छ ।’
प्रधानमन्त्री ओलीले राष्ट्रिय संकटको बेलामा एक हुने नेपाली चरित्रलाई यसले प्रकट गरेको बताएका छन् ।
‘कसले जस लिने, कसको देवत्वकरण गर्ने हुँदै होइन। यसमा हामीले लामो समयदेखि उठाएका छौं, यसमा हामीले कसैले जस पाउला भनेर चिन्ता गर्नुपर्दैन कोही छुट्ला भनेर पनि चिन्ता गर्नुपर्दैन। सबैले सर्बसम्मत गरेपछि सबैको भावना अट्छ,’ प्रधानमन्त्री ओलीले




प्रतिक्रिया