काँग्रेसलाई प्रधानमन्त्रीको जवाफः १० अर्बको हिसाब पछि गरौंला

काँग्रेसलाई प्रधानमन्त्रीको जवाफः १० अर्बको हिसाब पछि गरौंला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिले सरकारले भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रण रोकथाममा १० अर्ब रकम खर्च भएको विषयमा हिसाब नगर्न बताएका छन् । प्रधानमन्त्री ओलीले १० अर्बको हिसाब प्रणालीगत हिसाबले आउने बताए ।

‘दश अर्ब खर्च भए कहाँ भयो भन्ने प्रश्न आए । त्यसको प्रणाली छ । केन्द्रले प्रदेश र स्थानीय तहमा पठाउँछ । प्रदेशले स्थानीय तहमा पठाउँछ । अहिले कामका बेला लेखा परीक्षणमा बढी केन्द्रित भएका छैनौं । अहिले काममा केन्द्रीत भएका छौं । रकम पठाइएको छ’, उनले भने ।

प्रधानमन्त्रीले भने, ‘कतिपयले यसमा अनियमितता भयो भन्ने सुनेका कुराहरूलाई उठाउनुभएको छ । कतिपयले यस्तो भन्ने रुचि पनि राख्नुहुन्छ, जेमा पनि अनियमितता भयो भन्ने र लान्छित गर्ने गर्नुहुन्छ । त्यसमा भर नपर्न आग्रह गर्दछु ।’

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको १० अर्ब खर्चको हिसाब देखाउन प्रमुख प्रतिपक्षी कांग्रेसले मंगलबारको बैठकमा माग गरेको थियो ।