आदित्यनाथ योगीको धम्कीले नेपाल हेपिन मान्दैनः प्रधानमन्त्री ओली

आदित्यनाथ योगीको धम्कीले नेपाल हेपिन मान्दैनः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले नेपालका सम्बन्धमा दिएको अभिव्यक्ति निन्दनीय भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै उनले आदित्यनाथले बोलेको भए निन्दनीय भएको बताए ।

आदित्यनाथले नेपालले तिब्बतको परिणामबाट चेतोस् भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । उनले नेपाललाई धम्क्याउन र हेप्न खोजेको हो भने नेपाल हेपिन तयार नभएको पनि बताए ।

‘उहाँ मुख्यमन्त्री भएको हिसाबले त्यस्तो बोल्नुभएको हो भने त्यो नबोलिनुपथ्यो । बोल्नुभएको हो भने आपत्तिजनक विषय हो । त्यसरी नेपाललाई धम्की दिनु भएको हो भने निन्दनिय विषय हो । त्यसलाई हामी नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं ’, उनले भने, ‘नेपाल हेपिन तयार छैन् । नेपाल हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहान्छु ।