प्रधानमन्त्रीको प्रश्नः राष्ट्रपतिले गलैचा अर्डर गर्ने हो र ?

प्रधानमन्त्रीको प्रश्नः राष्ट्रपतिले गलैचा अर्डर गर्ने हो र ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियासहित केही उद्देश्यमूलक ढंगले लाग्न थालेको बताएका छन् ।

विनियोजन विधेयकमाथिको प्रश्नोत्तरमा भाग लिँदै सञ्चारमाध्यमसहित केही व्यक्तिले राम्रा कुरा गर्नै नजानेको भन्दै आश्चर्य प्रकट गरे ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति निवासको प्रयोजनका लागि किनिएको सामग्रीको विरोध प्रकारान्तरले गणतन्त्रकै विरोध भएको टिप्पणी गरे ।

‘राष्ट्रपतिले यो सामग्री नकिन, किन भन्ने कुरा आउँदैन । चौरी चिटिक्क पार भन्ने कुरा आउँदैन,’ उनले भने ।

‘गणतन्त्रको विरोध गर्न मन लागेको हो भने खुला लागे भो नि, तर राष्ट्रपतिमाथि खनिने ?’ उनले भने, ‘कुर्ची, गलैचा राष्ट्रपतिले अर्डर गर्ने हो र ? कुर्ची कहाँ राखियो त्यो प्रधानमन्त्रीलाई थाहा हुन्छ ?’