नयाँ नक्सामा सरिता गिरीको असहमति, प्रमाण नखुलाएकाले हटाउनुपर्ने प्रस्ताव

नयाँ नक्सामा सरिता गिरीको असहमति, प्रमाण नखुलाएकाले हटाउनुपर्ने प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले सार्वजनिक गरेको नयाँ नक्साको विरुद्धमा उभिएकी छिन् । नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकमाथि संशोधन दर्ता गराएकी हुन् ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनेको नेपालको नयाँ नक्सा अनुसारको निशान छाप बनाउने विधेयक संसदमा दर्ता गराएको छ ।

उक्त विधेयकमा संशोधन दर्ता गराउँदै उनले स्रोत र प्रमाण नखुलाएकाले हटाउनुपर्ने प्रस्ताव गरेकी छिन् । संशोधनको सूचना प्रतिनिधिसभा सचिवालयको विधेयक शाखामा दर्ता भएको छ ।

उक्त संशोधनमाथि गिरीले संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी हुन् । सांसद गिरीले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै आएकी छिन् ।

समाजवादी जनता दलले भने विधेयकको समर्थन गरेको छ ।