काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपालीको प्रतिरोधात्मक क्षमता उच्च रहेको दावी गरेपछि डा. भट्टराईले आलोचना गरेका छन् ।
ट्विट गर्दै भट्टराईले लेखेका छन्, ‘देशका नेतामा अल्पज्ञान र अहंकारको घातक मिश्रण भयो भने कोभिड–१९ कै क्रममा कति बढी ज्यानको क्षति हुँदो रहेछ भन्ने हामीले विश्वमा देखिरहेका छौं !’
उनले विश्वका अन्य सन्दर्भसमेत ट्विटमा जोड्दै ओलीको अभिव्यक्तिको आलोचना गरेका हुन् ।
‘अमेरिकी राष्ट्रपतिको मलेरिया प्रतिरोधी क्विनाइन सिफारिस ! भारतमा गोमुत्रपान ! ब्राजिलका रापको लिटिल फ्लु ! हाम्रा सर्वज्ञानी प्रमको ‘प्रतिरोध क्षमता !’, भट्टराईले लेखेका छन् ।
देशका नेतामा अल्पज्ञान र अहंकारको घातक मिश्रण भयोभनेCOVID-19कै क्रममा कति बढी ज्यानको क्षति हुँदो रहेछ भन्ने हामीले विश्वमा देखिरहेका छौं!अमेरिकी राष्ट्रपतिको मलेरिया प्रतिरोधी क्वीनाइन सिफारिस!भारतमा गोमुत्रपान!ब्राजिलका रापकोlittle flu!हाम्रा सर्वज्ञानी प्रमको‘प्रतिरोध क्षमता’! https://t.co/xgsY1QNYn2
— Baburam Bhattarai (@brb1954) June 11, 2020




प्रतिक्रिया