पूर्व आइजीपी रमेश चन्द ठकुरी रिहा

पूर्व आइजीपी रमेश चन्द ठकुरी रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगेका पूर्व आइजीपी रमेश चन्द ठकुरी आज रिहा भएका छन् । उनी एक वर्ष कैद सजाय भुक्तानी गरी डिल्लीबजारस्थित कारागारबाट छुटेका हुन् ।

उनलाई बहालवाला प्रहरी महानिरीक्षक हुंदा नै भ्रष्टाचारको मुद्दा लागेको थियो । त्यसपछि उनलाई पदबाट निलम्बन गरिएको थियो । सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनका लागि एपीसी खरिदमा उनीसहित प्रहरी अधिकृतहरुलाई भ्रष्टाचारको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो ।

एक वर्षको जेल सजाय भएपनि उनी केही दिन छुट पाएर छुटेका हुन् । ठकुरीको पालामा उक्त सामान खरिद नभए पनि अन्तिम भुक्तानी उनले दिएको भन्दै अख्तियारले उनिमाथी भ्रष्टाचारको मुद्दा लगाएको थियो ।