गरीखाने वर्गले सरकारको आदेश माने , बचत हुनेले लकडाउन उल्लंघन गरेः मुख्यमन्त्री पोखरेल

गरीखाने वर्गले सरकारको आदेश माने , बचत हुनेले लकडाउन उल्लंघन गरेः मुख्यमन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरीखाने वर्गले अझै सरकारको आदेश मानिरहेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले लकडाउन उल्ल्ंघन गर्नेमा बचतको अवस्थामा रहेको वर्गलाई तुरुन्तै सामान्य अवस्थामा फर्कन लकडाउन उल्लंघन गरेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले सरकारविरोधी प्रर्दशनले कोरोना संक्रमण नियन्त्रण र उपचारको कामलाई प्रभावित पार्न सक्ने भन्दै पोखरेलले सरकारको योजना र निर्देशनलाई अवज्ञा गर्दा स्थिति बिग्रन सक्ने चेतावनी दिएका छन् ।

‘मेरो विचारमा गरिखाने वर्गले अझै सरकारको आदेश मानिरहेकै छ। तर बचतको अवस्थामा रहेको वर्गलाई तुरुन्तै सामान्य अवस्थामा फर्कनु परेको छ । एकैचोटी विदेशकालाई उद्धार गर, लकडाउन पनि अन्त्य गर भन्ने कुरा कतिसम्म उचित कुरा हो ? मेरो विचारमा यस्तो असन्तुलित विचारले हामीलाई गम्भिर दुर्घटनामा नै लैजाने हो । तर भइरहेको छ त्यही’, उनले भनेका छन् ।

मुख्इमनत्री पोखरेलले अहिले प्रदेश र स्थानीय तह निजी क्षेत्रलाई गुहारेर चन्दाका रुपमा सामग्री पाउने कोशिस गरेको बताएका छन्

‘अहिले प्रदेश र स्थानीय तह निजी क्षेत्रलाई गुहारेर चन्दाका रुपमा सामग्री पाउने कोशिस गर्दैछन् । पैसा भएर पनि स्वास्थ्य सामग्री किन्ने आँट प्रशासनले गरिरहेको छैन । आँट गरोस् पनि कसरी ? संचार माध्यममा आशंका र विरोधको बाढी छ । के यति बेला हामी भन्न सक्दैनौं, जसरी हुन्छ जनताको जीवनको रक्षा गर । हिसाब किताव समय आएपछि गरौंला । खोज्ने निकाय पनि छँदैछन । खोजिरहेका पनि छन् । प्रणालीप्रति विश्वास गरौं, विश्वास वढाऔं’, उनले भने ।

प्रदेश नम्बर २ र ५ कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको भन्दै पोखरेलले लकडाउन जारी भएपछि केन्द्र सरकारको मार्ग दर्शनमा प्रदेश र स्थानीय सरकारले मिलेर करिब २ लाख बाहिरबाट आउनेको सुरक्षित व्यवस्थापन गरेको बताएका छन् ।

‘समाजमा एकातिर अवज्ञा र अर्कातिर भय र त्रासको मनोविज्ञान देखिंदैछ। यो विरोधाभाषपूर्ण अवस्थाको अन्त्य गर्ने कुरामा बौद्धिक वर्ग नै अगाडि आउनु पर्दछ । अहिलेसम्म दक्षिण एशियामा हामी भन्दा राम्रो अवस्थामा भुटान र श्रीलंका मात्र छन्। यसको कारण ती देशहरूमा बैदेशिक रोजगारीमा जानेको संख्या तुलनात्मक रूपमा हाम्रो भन्दा कम भएको कारणले पनि संक्रमण नियनत्रण गर्न सहज भएको हो। हाम्रो देशको भन्दा राम्रो क्षमता भएका मुलुकको अवस्था हाम्रो भन्दा अझै खराव छ । अहिलेसम्म हाम्रो अवस्था राम्रो हुनुको अर्थ अहिलेसम्मका हाम्रा कार्यनीति सही हुनु नै हो । अब सरकारलाई नीति परिवर्तनका लागि बाध्य बनाउँदा अहिलेको अवस्था भन्दा राम्रो हुने सुनिश्चितता हुनु पर्यो नि । तर अहिले नै त्यस्तो अवस्था आइसकेको छ जस्तो लाग्दैन । त्यसैले सरकारको निर्देशनलाई पालन गरौं । सामाजिक दुरी कायम गरौं । बाहिरी मान्छेसंग सम्पर्कमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौं । बाहिर जाँदा हातले कुनै बस्तु नचलाऔं । चलाउनु परेमा तत्काल सेनिटाइजर गरौं वा सावुन पानीले हात धोऔं । यसमा सिंगो समाज अभ्यस्त भएमा एक महिनापछि स्थितिलाई सहज बनाउँदै लान सकिन्छ । त्यसपछि आउने चुनौतिलाई बनेको संरचनाले पनि सामना गर्ने अवस्था सिर्जना हुनेछ’, उनले भनेका छन् ।