सैनिक मुख्यालयले ६ देशका लागी सैनिक सहचारी तोक्यो

सैनिक मुख्यालयले ६ देशका लागी सैनिक सहचारी तोक्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले सैनिक सहचारीहरुको छनौट गरेको छ । सैनिक मुख्यालयले विहिवार ६ देशका लागी सैनिक सहचारीको छनौट गरेको हो ।

सेनाले तयार पारेको सुचीअनुसार महासेनानी मोहन क्षेत्री चीन, रामचन्द्र खत्री भारत, रत्न गोदार वेलायत, भुवन पूर्ण सत्याल अमेरिका, जगदिश खड्का न्युयोर्कस्थित स्थायी प्रतिनिधीको कार्यालय,अमृतकाजी गुरुङ्ग पाकिस्तान र रोशन शमशेर राणा वंगलादेशका लागी छनौट भएका छन् । सेनाको चीन,भारत,अमेरिका,बेलायत,पाकिस्तान,वंगलादेश र राष्ट्रसंघ हेर्ने स्थायी प्रतिनिधीको कार्यालयमा सैनिक सहचारीको दरवन्दी रहेको छ ।

यसअघि भारत र चीनमा सहायकरथीलाई सैनिक सहचारीको रुपमा सेनाले पठाउंदै आएकोमा यसपटक भने महासेनानीलाई उक्त जिम्मेवारीमा पठाइएको छ । हाल भारतका सहायकरथी ईश्वरकान्त मैनाली र चीनमा विनोद पाण्डे सैनिक सहचारी रहेका छन् ।

सहायकरथी जोन्सोन खड्कालाई भारत र शंकर पण्डितलाई चीन पठाउने चर्चा चलेपनि अन्तिममा भने उनिहरुको नाम सैनिक सहचारीहरुको सूचीमा अटाएन् ।